रेनु दाहालले बनाइन् ५ हजार बढीको मतान्तर

न्युजलय ७ जेठ २०७९, शनिवार १२:३३ मा प्रकाशित

भरतपुर । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर थप बढाएकी छन् । शनिबार बिहान प्राप्त मतपरिणामअनुसार दाहालले ५ हजार १८ को मतान्तर बनाएकी हुन् । 

भरतपुर महानगरपालिकाको ६९ हजार ६१२ मत गणना गर्दा दाहालले २७ हजार ७८ तथा एमालेका विजय सुवेदीले २२ हजार ६० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४१४ मत पाएका छन् । 

उपमेयरमा भने काँग्रेसका चित्रसेन अधिकारी निकै अघि छन् ।