तयार भयो सोलु करिडोर, नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गर्ने

न्युजलय १८ चैत २०७८, शुक्रबार ०१:५५ मा प्रकाशित

काठमाडौ । लामो मेहनतपछि सोलु करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले श्रव्यदृश्यका माध्यमबाट प्रशारण लाइनको संयुक्त उद्घाटन गर्नेछन् । 

सो आयोजना गत महिना मात्रै निर्माण सम्पन्न भएको हो। सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको यसअघि नै परीक्षण गरिसकिएको छ।

परियोजनामा नेपाल सरकार र भारतीय निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋण लगानी रहेको छ । 

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ। यस्तै, प्रसारण लाइनमा टावरको संख्या ३०२ वटा छ ।