ग्रामिण पत्रकार समूह बराहक्षेत्रद्वारा अक्षयकोष स्थापना

बाबुराम कार्की २५ माघ २०७८, मङ्गलबार ०६:२८ मा प्रकाशित

प्रकाशपुर ।  ग्रामिण पत्रकार समूह बराहक्षेत्रले ग्रामिण पत्रकारीता पुरस्कार अक्षयकोष स्थापना गरेको छ । 

चौथो स्थापना दिवसको अवसर पारेर कोष स्थापना गरेको हो । चक्रघट्टीको पारालिगल भवनमा सोमवार भएको कार्यक्रम बाट ग्रामिण पत्रकारीता पुरस्कार कार्य विधि २०७८ सार्वजनिक गरीएको छ । कोष लाई घटिमा तिन लाख पुराउने अध्यक्ष हिरण्य कार्की वताए ।

नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खड्का, सुनसरी अध्यक्ष जनक ऋषि राई, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी , प्रेस सेन्टर सुनसरीका सचिव अच्युत भट्टराई स्थानीय जनप्रतिनिधिको उपस्थिमा ग्रामिण पत्रकारीता पुरस्कार अक्षयकोष स्थापना गरिएको छ । 

  नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले २५ हजार ५ सय ५५ रुपैया र स्थानीय संञ्चार उद्यमी अर्जुन श्रेष्ठले ५ हजार रुपैया कोष स्थापनाका लागी दिएका थिए । 

बराहक्षेत्र नगरपालिका क्षेत्र लाई कार्यक्षेत्र बनाई पत्रकारीता क्षेत्रमा लागिरहन प्रोत्साहन गर्ने उदेश्य ले स्थापना गरिएको कोषमा पत्रकारिता पुरस्कार कुनै पनि संघ संस्था वा व्यत्तिले कुनै नाम बाट संरक्षक रही समूह मार्फत कोष स्थापना गर्न सकिने बताइएको छ । 

५० हजार देखी एक लाख माथी सहयोग गर्ने दाता संरक्षक रहन सक्ने छन् । सोहि कार्यक्रममा कोषमा सहयोग गर्ने र ग्रामिण पत्रकार समूहको कार्यहरुमा सहयोग पुराउने व्यत्ति, संघ संस्था लाई कदर र सम्मान पत्रले सम्मान गरीएको थियो । 

सम्मानितहरु लाई केन्द्रिय सदस्य अमर खड्का, पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई ले संयुत्तरुपमा सम्मानित हुनेहरु लाई सम्मान र कदर पत्रले सम्मान गरेका थिए ।

सम्मानित हुनेहरुमा पवन अधिकारी ,बराहक्षेत्र नगरपालिका, चतरा सामूदायिक बहुउदेश्य शहकारी संस्था, सिद्धार्थ मेमोरियल स्कुल, बराहक्षेत्र नगरपालिमा वार्ड नं.२ कार्यलय, वार्ड नं.३ कार्यलय, वार्ड नं.६ कार्यलय, वार्ड नं.७ कार्यलय र उद्योग वाणिज्य संघ चतरा रहेका छन् । 

कार्यक्रमा अमर खड्का, जनक ऋषि राई, पवन अधिकारी, उद्धव पोख्रेल, पर्शुराम आर्चय, दुर्गा देवि खरेल , अच्युत भट्टराई , सुरज भण्डारी र बाबुराम कार्कीले नागरिकहरुले औला नउठाउने गरी पत्रकारले काम गर्नु पर्ने वताएका थिए ।