भोजपुरमा निर्माणाधीन पक्की पुल भत्किएपछि..

न्युजलय १२ पुस २०८०, बिहिबार ०६:४९ मा प्रकाशित

काठमाडौं । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । षडानन्द नगरपालिका –२ र साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्ने पुल आज बिहान भत्किएको हो ।

पुल ढलानको तयारी थियो । ढलानका लागि छड राखिसकिएको थियो । तर फर्मा भाँचिएपछि सबै तल खसेको प्रहरीले जनाएको छ । 

पुल भत्किएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको छ ।