सुकुना क्याम्पसको फेसबुक पेज ह्याक गरी अश्लिल भिडियो पोस्ट

न्युजलय १८ असार २०८०, सोमबार १०:५३ मा प्रकाशित

मोरङ । मोरङ जिल्लाको सुकुना बहुमुखी क्याम्पसको फेसबुक पेज ह्याक भएको छ । क्याम्पसले आफ्ना सूचनाहरू सम्प्रेषण गर्ने गरेको क्याम्पसको आधिकारिक फेसबुक पेजबाट निरन्तर रुपमा अश्लिल भिडियोहरु पोस्ट भइरहेका छन् ।


क्याम्पसकाअनुसार मंगलबारदेखि फेसबुक पेज क्याम्पस प्रशासनको नियन्त्रण बाहिर गएको थियो । 


यसले क्याम्पस र सिङ्गो समाजको गरिमा र मर्यादामा असर पुर्‍याइरहेकामा दुःख लागेको भन्दै क्याम्पसले विज्ञप्तीसमेत निकालेको छ । उसले संलग्न जो कोहीको पहिचान गरी कानूनी कारवाही गर्न प्रहरी प्रशासन समक्ष निवेदन दिइएको पनि क्याम्पसले जनाएको छ ।


क्याम्पसले आफ्नो वेबसाइटबाट फेसबुक पेजको लिङ्क हटाएको छ ।