प्रदेश १ मा आज १४ जनामा कोरोना पुष्टि

न्युजलय २१ फाल्गुण २०७८, शनिवार १२:५५ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । २४० जनाको पीसीआर परीक्षण गर्दा १३ र २३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ४-४, सुनसरीमा ३ र पाँचथरमा २ जनामा सङ्क्रमण देखिएको हो ।  


प्रदेश १ मा आज २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १० महिला र १२ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ८५० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।