तमोर नदीमा बेपत्ता राई मृत फेला

न्युजलय ६ बैशाख २०७९, मङ्गलबार १०:४५ मा प्रकाशित

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बेलका –६ उदयपुरका ३० बर्षीय हरी राई मृत अवस्थामा फेला परेका छन ।

 बैशाख २ गते साथीहरुसंग पौडी खेल्ने क्रममा तमोर नदीमा डुबी बेपत्ता भएका राईको खोज तलासको क्रममा हिजो बेलुका धनकुटाको चौबिसे गाउँपालिका–७ स्थित तमोर नदीको किनारमा मृत अवस्थामा लाश फेला परेको हो । 

मृतक राई स्वच्छन्द निर्णण सेवा प्रा.लि.ले निर्माण गर्दै गरेको कुम्मायक–५ लुम्वुघाट स्थित तमोर नदीमा पाँचथर–तेह्रथुम जोड्ने निर्माणाधिन पुलका कामदार हुन ।

 घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।