लेटाङमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला

न्युजलय १० चैत २०७८, बिहिबार ०५:२६ मा प्रकाशित

लेटाङ । मोरङको लेटाङमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । 

लेटाङ नगरपालिका–६ कि १७ बर्षीया किशोरी सुनिता वाइबा तामाङ मृत अवस्थामा फेला परेकी हुन् ।

उनी लेटाङ–५ मा रहेको शिक्षा विकास माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले बताएको छ ।

उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा अहिले लेटाङ प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै शवलाई पोस्टमार्टम लागि पठाउने तयारी गरिरहेको बताइएको छ।