जनकपुरधाममा काँग्रेसका बागी मेयर निर्वाचित

न्युजलय १० जेठ २०७९, मङ्गलबार ०२:३३ मा प्रकाशित

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार मनोज साह निर्वाचित भएका छन् । उनले १३ हजार ४६५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत ल्याए । 

गठबन्धनबाट जसपाका उम्मेदवार तथा निःवर्तमान मेयर लालकिशोर साहले भने ५ हजार १९४ मत मात्र ल्याए । उपमेयरमा कांग्रेसका किशोरी साह निर्वाचित भएकी छिन् ।