आदर्श लघुवित्तको आइपीओ बाँडफाँट

न्युजलय १३ असार २०७९, सोमबार ०४:०१ मा प्रकाशित

काठमाडौं । आदर्श लघुवित्तको आइपीओ सोमबार (आज ) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन् । 

जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको बिक्री बीओके क्यापिटलले जानकारी गराएको छ ।

 आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ जारी गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । 

साथै, आदर्श लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  बाट पनि रिजल्ट हेर्न सकिन्छ ।