आन्दोलनरत नोबेल मेडिकल कलेजका विद्यार्थीद्वारा राजमार्ग अवरुद्ध

न्युजलय २३ पुस २०७८, शुक्रबार ०७:४२ मा प्रकाशित

विराटनगर । नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थीहरूले शुक्रवार(आज) राजमार्ग बन्द गरेका छन् । 

उनीहरूले विराटनगरको कन्चनबारीमा चक्काजाम गरेका हुन् । आन्दोलनलाई पाँच विद्यार्थी संगठनले समर्थन गरेका छन् । 

चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै एमबीबीएस पढ्ने विद्यार्थीहरू आन्दोलित छन् । उनीहरूले कलेज प्रशासन शाखामा तालाबन्दीसमेत गरेका छन् ।