पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु

न्युजलय २४ पुस २०७८, शनिवार ०५:४९ मा प्रकाशित

पाँचथर । पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

फालेलुङ गाउँपालिका–७ फर्तिमा टोलका ३५ बर्षीय राजकुमार तामाङको भिरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार साँझ आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका तामाङको उपचारको लागि जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।