रङ्गेलीमा करेन्ट लागेर एक जनाको मृत्यु

न्युजलय २६ माघ २०७८, बुधबार ०६:३३ मा प्रकाशित

विराटनगर । मोरङको रङ्गेलीमा छिमेकीको घरमा कल मर्मत गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

रङ्गेली नगरपालिका–८ का ५५ वर्षीय मङ्गलु ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय अर्जुन दाहालको घरमा कल मर्मत गर्ने क्रममा ताजपुरियालाई करेन्ट लागेको थियो ।

 करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा रङ्गेली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।