झापा । झापाको बिर्तामोड र दमकमा शंकास्पद वस्तु राखेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
‘हिमाल सुरक्षा परिषद्’सँग जोडिएका एक पुजारीसहित चार जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । प्रेसर कुकुर दिने महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न एक जना अझै फरार छन् । झापाको बिर्तामोडमा ९ माघ र दमकमा १३ माघमा प्रेसर कुकुर बम जस्तो देखिने विष्फोटक पदार्थ बरामद भएको थियो । सेनाले त्यसलाई डिस्पोज गरेको थियो ।
प्रहरीले हिमाल सुरक्षा परिषद्को नाममा बरामद पर्चामा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने लगायतका माग उल्लेख गरिएको थियो ।