प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै

न्युजलय ९ पुस २०७८, शुक्रबार ०९:१२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा पुस अन्तिममा भारत जान लागेका हुन् ।

गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए । 

बालुवाटार उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिला साताको मिति प्रस्ताव गरिएको छ, यद्यपि जनवरी १० मा पनि हुनसक्ने छ ।