मधेसी खुल्लातर्फ विनोद चौधरी विजयी

न्युजलय ६ पुस २०७८, मङ्गलबार ०९:०१ मा प्रकाशित

काठमाण्डौ । नेपाली काँग्रेसको ‘मधेसी खुल्ला’तर्फ उद्योगपति विनोद चौधरी विजयी भएका छन् ।

काँग्रेसको १४ औं महाधिवेशनमा मधेसी खुल्लातर्फ खसेको ४६७६ मच मध्ये चौधरीले  २२०६ मत ल्याएका छन् ।

अजय चौरसियाले २५२२ मत ल्याएर पहिलो स्थान हासिल गरेका छन् । मधेसी खुल्ला ५ केन्द्रीय सदस्यका लागि २३ जना चुनावी प्रतिस्पर्धामा थिए ।

चौधरीले २१ जनलाई उछिनेर दोस्रो लोकप्रिय मत प्याएर केन्द्रीय सदस्य भएका छन् ।