काठमाडौँ । सोमबार (आज) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर १ लाख ६ हजार ३ सय पुगेको छ ।
तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय कायम भएको छ । अघिल्लो दिनको एक लाख पाँच हजार पाँच सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।