५ वर्षीया बालिकालाई बलात्कार गर्ने ५८ वर्षीय पुरुष पक्राउ

न्युजलय ३ बैशाख २०७९, शनिवार ०१:१९ मा प्रकाशित

अर्घाखाँची । घरमा मेवा खान बोलाएर ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भूमिकास्थान नगरपालिका–७ का ५८ वर्षीय पुरुष पक्राउ परेका छन् । 

 

बिहीबार दिउँसो नयाँ वर्षका दिन घरमा कोही नभएको मौका छोपेर बालिकालाई मेवा खान बोलाउँदै फकाएर जबरजस्ती बलात्कार गरेको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । बालिका बलात्कारका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।