मोरङमा हरिणको सिङ र गाँजासहित एक महिला पक्राउ

न्युजलय २५ माघ २०८०, बिहिबार ०६:२८ मा प्रकाशित

मोरङ । मोरङको रंगेली नगरपालिका–७ स्थितबाट हरिणको सिङ र लागूऔषध गाँजासहित एकजना माहिलालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली ७ निचामारी टोल बस्ने ५५ वर्षीया सागरदेवी यादवको घर खानतलासी गर्दा घरमा लुकाईछिपाई राखेको चारथान हरिणको सिङ र एक किलो, ६९७ ग्राम गाँजा बरामद गरेको हो ।

अवैध रूपमा हरिणको सिङ र गाँजा बरामद भएसँगै पक्राउ परेकी यादवमाथि इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।