नेपालले दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने

न्युजलय १३ पुस २०७८, मङ्गलबार ०३:२४ मा प्रकाशित

काठमाडौं । नेपालले २०२२ मा प्रथम दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।


सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभीए)को सोमबार बंगलादेशको ढाकामा बसेको साधारण सभाले नेपाललाई प्रथम दक्षिण एसियाली महिला भलिबल च्यामिपयनसिप आयोजनाको जिम्मेवारी दिएको हो । 

 

प्रतियोगिता २०२२ मा हुने भनिए पनि निश्चित मिति भने तय गरिएको छैन । बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण भने माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको छ ।