नायिका नीताले हरिहरसंग असारको अन्तिम साता विवाह गर्ने

न्युजलय २३ जेठ २०७९, सोमबार ०२:१६ मा प्रकाशित

काठमाडौं । नायिका नीता ढुंगाना र नायक तथा ज्योतीष हरिहर अधिकारीले बिवाह गर्ने तयारी थालेका छन् । 


नीता र हरीहरले असारको अन्तिम साता बिहेको तयारी गरेका हुन् । यो जोडीले असारको अन्तिम साता बिहे गर्ने तय भएपनि दिन तय गरिसकेको छैन ।  हालसम्म आफुहरुको प्रेमबारे औपचारिक रुपमा सार्वजनिक नगरेका यी दुई विगत ३ बर्षदेखि एक अर्काको प्रेममा रहेको बताइन्छ ।


प्रेम सम्बन्धमा रहेपछि नीता र हरिहरले म्युजिक भिडियो, चलचित्रको काम पनि एकसाथ गरिरहेका छन् । यस जोडीले अब नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ बनाउने तयारी गरेको छ । फिल्मको छायांकन बिहेपछि हुने बुझिएको छ ।