एक सातामा १२२ अंकले बढ्यो सेयर बजार

न्युजलय १४ साउन २०७९, शनिवार १२:५४ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा यो सातभरको अवस्था सुखद देखिएको छ । नयाँ मौद्रिक नीतिपछि आइतबारदेखि नै उचालिएको बजारको अवस्था साताको अन्तिम कारोबारमा शुक्रबार पनि हरियाली नै रह्यो।

 

साताभर समग्रमा बजार १२२.८९ अंकले बढेको छ । शुक्रबार १२.९२ अंकले बढेर बजार २१४०.३९ बिन्दुमा पुगेको छ । जहाँ २ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ । जसमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।