काठमाडौं । आइसीसी टी २० विश्वकपमा स्थान बनाउन नसकेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । सेमिफाइनलमा च्याम्पियन बनेको यूएईसँग पराजित भएको नेपाली टिम आज स्वदेश फर्किएको हो ।
त्रिभुवन बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली टिमका कप्तान सन्दिप लामिछानेले यूएईसँगको खेलमा केहि कमजोरी भएका कारण हार्नुपरेको बताए ।
नेपालले टी २० ग्लोबल छनोटको समुह चरणमा तीन खेलमा तीनैमा जित निकालेको थियो । तर मुख्य खेलका रुपमा रहेको यूएईसँगको सेमिफाइनलमा भने तीन वटै विधामा असफल भएको थियो ।
अब नेपाली टिम केहि दिनमा नै यूएईमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु को तयारीमा लाग्नेछ ।
नेपाली टिमलाई क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए ।