मोरङका पत्रकार पौडेलको हत्या आरोपमा जन्मकैद सजाय सुनाइएका गिरीले पाए माफी

न्युजलय ८ फाल्गुण २०७८, आइतबार ०६:५१ मा प्रकाशित

काठमाडौं । पत्रकार यादव पौडेल हत्या आरोपमा जन्मकैदको फैसला सुनाइएका युवराज गिरीले माफी पाएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान सम्बन्धि कसुरमा कैद भुक्तान गरिरहेका गिरीलाई माफी दिएकी हुन् ।

मन्त्रिपरिषदको सिफरिस अनुसार भण्डारीले ५०१ जना भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिदिएकी हुन् । मोरङका पत्रकार पौडलेको २०६८ साल चैत्र २१ गते बिर्तामोडमा हत्या भएको थियो ।

०७१ सालमा पौडेलको हत्यामा सम्लग्न गिरीसहित ३ जनालाई जन्मकैद सुनाइएको थियो । पौडललाई वादविवाद हुँदा चौथो तलामाथिबाट खसालेर हत्या गरिएको थियो ।