सिरोहियालाई बयानका लागि लगियो धनुषा अदालत

न्युजलय ९ जेठ २०८१, बुधबार ०५:४३ मा प्रकाशित

काठमाडौं । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बयानका लागि जिल्ला अदालत धनुषा लगिएको छ ।

कान्तिपुर पब्लिकेशनको कार्यायबाट पक्राउ परेका उनलाई गएराति नै जनकपुर लगेर धनुषा प्रहरीको हिरासतमा राखिएको थियो ।

पक्राउ गरेका सिरोहियालाई रिहाइको माग गर्दै जनकपुर उद्योग वाणिज्य संघलगायतले प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् ।