प्रमोदको ‘कोल्टे जिन्दगी’ सार्वजनिक (भिडियोसहित)

न्युजलय ८ पुस २०७८, बिहिबार ०१:५८ मा प्रकाशित

इटहरी । गायक प्रमोद पोर्तेलले ‘कोल्टे जिन्दगी’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद पोर्तेल अफिसियल युट्युव च्यानलमा सार्वजनिक भएको उक्त गीतमा प्रमोदकै संगीत, रचना र म्युजिक कम्पोज रहेको छ ।


भिडियोलाई सुल्तान इधिङ्गोले सम्पादन तथा निर्देशन गरेका छन् । भिडियोमा गायक प्रोर्तेललाई प्रज्ञा भण्डारीले साथ दिएकी छन् । प्रमोदका यसअघि ‘सञ्च छौ ?, माया, फर्कि आउँछु, चन्द्र सुर्य जस्ता गीत सार्वजनिक भइसकेका छन् ।