इटहरी । फिट्नेस सम्बन्धि सामानहरु बिक्रि गर्ने गरी इटहरीमा फिट्नेस च्वाइस खुलेको छ । इटहरीस्थित विराटनगर लाइनमा रहेको यस पसलको नेपाली कांग्रेस प्रदेश नं.१ संसदिय दलका नेता राजिव कोइरालाले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै कोइरालाले फिट्नेसमा सबै जना सचेत हुनु पर्ने र फिट्नेसको लागि सक्रिय हुनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता रोहित प्रसाईको समेत उपस्थिति रहेको थियो ।
आफूहरुले गुणस्तरिय सामान सुपथ मूल्यमा बिक्रि वितरण गर्ने गरेको यस कम्पनीका संचालक राज गुरुङले जानकारी दिए । उक्त फिट्नेस च्वाइसमा घर तथा जिम हाउसको लागि उपयुक्त हुने विभिन्न किसिमका सामानहरु बिक्रिका लागि राखिएको छ ।
फिट्नेस प्रति मानिसहरुको बढ्दो लोकप्रियताका कारण यसको सामान बिक्रि वितरणको सुरुवात गरिएको संचालक गुरुङले बताए । फिट्नेस च्वाइसको देशभर ८ वटा शाखा रहेको छ ।