झुम्का । स्थानीय निर्वाचनका निम्ति रामधुनी नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा रामधुनी नगरमा कुल २३५ जनाले मनोनयन दर्ता गराउँदा शुक्रबार ४ जनाले उमेदवारी फिर्ता लिएका हुन् । जसमा मेयर पदका उमेदवार १ जना, वडाअध्यक्ष उमेदवार २ जना र १ जना सदस्यले उमेदवारी फिर्ता लिएको रामधुनी निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयको अनुसार मेयर तर्फ जनता समाजवादी पार्टी नेपालका रामबहादुर खड्काले उमेदवारी फिर्ता लिएको छ । यस्तै वडाअध्यक्ष तर्फ रामधुनी ३ नं. वडाबाट स्वतन्त्र वडाअध्यक्ष उमेदवारी दिएका नारायण श्रेष्ठ र रामधुनी ९ नं. वडाबाट वडाअध्यक्षमा उमेदवारी दिएका पुसलाल चौधरीले उमेदवारी फिर्ता लिएका छन् । वडा नं. ८ का स्वतन्त्र तर्फका वडासदस्य सिताराम मेहताले फिर्ता लिएको रामधुनी निर्वाचन अधिकृत सुवेदीले जानकारी दिएका हुन् । उमेदवारी फिर्ता लिएसंगै रामधुनी नगरमा २३१ जना उमेदवार चुनावी रणभूमिमा भिड्ने पक्का भएको छ ।
उमेदवार वडाअध्यक्ष तर्फ रामधुनी नगरपालिकाको वडा नं.१ मा विभिन्न पार्टी र स्वतन्त्रबाट ६ जना वडाअध्यक्ष चुनावी रणभूमिमा भिड्ने छन । वडा नं. २ मा ४ जना वडाअध्यक्ष, वडा नं. ३ मा ८ जना वडाअध्यक्ष, वडा नं. ४ मा ७ जना वडाअध्यक्ष, वडा नं. ५ मा ७ जना वडाअध्यक्ष, वडा नं. ६ मा ६ जना वडाअध्यक्ष, वडा नं. ७ मा ४ जना वडाअध्यक्ष, वडा नं. ८ मा ५ जना वडाअध्यक्ष, वडा नं. ९ मा ८ जना वडाअध्यक्षको उमेदवारी संगै चुनावी मैदानमा भिड्ने पक्का भएको छ ।