५७ अंकले घट्यो नेप्से

न्युजलय ३० भदौ २०७९, बिहिबार ०९:३४ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से ५७ अंकले घटेर १९२४.४८ विन्दुमा पुगेको छ।

२३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएका सबै समूहको सूचक घटेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ५।२४ प्रतिशतले ओरालो लाग्यो। 

यस्तै, डेभलपमेन्टको सूचक ४.६५, हाइड्रो पावरको ४.४६ घट्‍दा ट्रेडिङको ३.९७, होटल्स एन्ड टुरिजमको ३.४२, मनु एन्ड प्रोको ३.१६, अदर्शको ३.९४ र इन्भेष्टमेन्ट समूहको ३.२९ प्रतिशतले घट्यो।

कारोबारका आधारमा लक्ष्मी बैंक अग्रस्थानमा रह्यो। सो समूहको २१ करोड बढिको सेयर कारोबार भयो।