काठमाडौं । काभ्रेको बनेपामा बन्द गराउँदै हिँडेका बन्दकर्तालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।
मंगलबार (आज) बिहान बनेपाको चारकुनेमा ढुंगा हानेर गाडी तोडफोड गरेपछि स्थानीयले ती युवालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । कुटपिटबाट युवाको कपडा च्यातिएको छ ।
स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । लगत्तै स्थानीयले प्रहरीको जिम्मा लगाए ।
बनेपामा चल्ने गाडीलाई ढुंगाले हानेपछि २४ वर्षिय प्रमोद गिरि पक्राउ परेको हो । प्रहरीका अनुसार थप अनुसन्धानका लागि अहिले ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आवह्रान गरेको बन्दको प्रभाव देशैभर सामान्य देखिएको छ ।