धरान । धरानस्थित वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार सप्तरी जिल्ला हनुमाननगर कंकालिनी–८ की ७६ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो।
श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित महिलाले कोरोना विरुद्धको खोप समेत लगाएको जनाइएको छ ।
आइतबार आरडिटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो ।
उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।