कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्लामा शुक्रबार मिलको फित्तामा बेरिएर एक बालिकाको मृत्यु भएको छ । चलिरहेको मिलको फित्तामा बेरिएर स्थानीय ११ वर्षीय ललिता खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिका आफ्ना बुवासँगै मिलमा गएकी थिइन् । खेल्ने क्रममा उनी फित्तामा बेरिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले जनाए ।