काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँ घटेर ४ हजार ५ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।