काठमाडौं । नेपाल प्रहरीले २ के.जी ३३२ ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ।
बिहीबार विमानस्थलबाट भिमकुमार माबो र सुमन तामाङले बोकेको पर्स भित्र टेपले बेरिएको ११६६ ग्राम र ११६६ ग्राम सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार माबो र तामाङसहित उदयपुर लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका–२ का ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र विमान भित्र सरसफाई गर्ने भनी सुपरभाईजरको रुपमा ड्यूटी खटिएका सप्तरी सुरुङ्गा नगरपालिका–४ का ३६ वर्षीय ताराकान्त चौधरी समेतलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जनाएको छ।