राप्रपा नेपालले गुमायो ‘गाई’, सर्वोच्चद्वारा रिट खारेज

न्युजलय २१ भदौ २०७९, मङ्गलबार ११:१८ मा प्रकाशित

काठमाडौं । राप्रपा नेपालले गाई चुनाव चिह्न नपाउने भएको छ । उक्त चिन्ह आफ्नो हुनुपर्ने दाबी गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । 

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको हो । 

रिट खारेजीसँगै थापाले गाई चुनाव चिह्न नपाउने भएका छन् । निर्वाचन आयोगले थापाको पार्टी राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिएको छ ।