होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

न्युजलय २२ चैत २०८०, बिहिबार ०२:१३ मा प्रकाशित

काठमाडौं । काठमाडौंबाट मध्यरात गायक राजेश पायल राईसहित ८ जना पक्राउ परेका छन् । राति २ बजेतिर मदिरा पिएर होहल्ला गरेपछि स्थानीयको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन् ।


प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईसहित तीन जना कलाकार भएको बताइएको छ ।


थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।