सोमबार पनि सामान्य अंकले बढ्यो नेप्से

न्युजलय ८ जेठ २०८०, सोमबार ११:५७ मा प्रकाशित

काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।


आईतवार ५ अंकले वृद्धि भएको नेप्से सोमवार पनि सामान्य अंकले बढेको हो । सोमवार नेप्से परिसूचक ८.१० अंकले बढेर १८ सय ९१ दशमलव ३१ बिन्दुमा पुगेको छ । 


आइतवारको तुलनामा सोमवार कारोबार रकम भने घटेको छ । सोमबार १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।


नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ उपसमूहको परिसूचक बढेको छ । त्यस्तै २ उपसमूहको परिसूचक भने घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूह परिसूचक २ दशमलव४४ प्रतिशत र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ दशमलव ५२ प्रतिशतले बढेको छ । तर यता व्यापार ०.९९ प्रतिशत र बैंकिङ उपसमूहकोे परिसूचक ०.०२ प्रतिशतले घटेको छ ।