संखुवासभामा सौतेनी आमाको खुकुरी प्रहारबाट १२ वर्षीया बालिका गम्भीर घाइते

न्युजलय ७ असोज २०८१, सोमबार ०२:०८ मा प्रकाशित

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका ५ माल्टामा सौतेनी आमाको खुकुरी प्रहारबाट एक जना बालिका सिकिस्त घाइते भएकी छिन् । 


आइतबार खाँदबारी–५ माल्टाकी १२ वर्षीया निशा राई सिकिस्त भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट १२ वर्षीया निशाको टाउको र देब्रे खुट्टामा चोट लागेको उनका बुवा जुद्ध राईले बताए। 


निशाको उपचार जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 


३५ वर्षीया सौतेनी आमा पकेटी राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ