झापाबाट लागुऔषध सहित एक जना पक्राउ

न्युजलय १८ माघ २०७८, मङ्गलबार ०५:३० मा प्रकाशित

 झापा । झापाको मेचिनगर नगरपालिका–६ मेचिपुलबाट प्रहरीले नियन्त्रीत लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा मेचिनगर –११ का २३ बर्षीय सेवन उराव रहेका छन ।  सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा उरावलाई ६ ग्राम लागुऔषध बराउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका उरावको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।