काठमाडौं । डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरे यही भाद्र २७ गते देखि २०औं आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।
शिल्पी थिएटरमा पत्रकार सम्मेलन गर्दै उनले स्वास्थ्य क्षेत्र सुधारका लागि ६ बुँदे माग अघि सार्दै सरकारले आफ्ना माग पूरा नगरे २७ गतेबाट अनशन बस्ने बताएका हुन् । आफूसँग सरकारले गरेको सम्झौताअनुसार काम गर्न चासो नदेखाएको र चिकित्सा शिक्षा सुधारलाई अस्तव्यस्त पार्न खोजेकाले त्यसका विरुद्धमा पुनः अनसन बस्ने उनले बताए ।
प्रत्येक प्रदेशमा एक मेडिकल कलेज सञ्चालन गर्ने कानुन आए पनि त्यसअनुरूप काम नभएकोमा उनले आपत्ति जनाएका छन् । आफ्ना माग पूरा नभए भदौ १२ गतेदेखि अनसन थाल्ने योजना बताएका डा. केसीले यसबीचमा सरकारसँग कुराकानी भइरहेकाले दुई साता सारेको बताए ।