काठमाण्डौ । सामसङ टेलिभिजन अब नेपालमै बन्ने भएको छ ।
सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेड र गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्सको सयुक्त लगानीमा सामसङ टिभी नेपालमै उत्पादन हुने भएको हो ।
५० करोडको लगानीमा एसेम्बलिङ उद्योग नवलपरासीमा स्थापना हुनेछ । उक्त उद्योगको बुधबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडुले शिलान्यास गरेका हुन् ।
अर्को वर्षदेखि टिभी उत्पादन गर्ने लक्ष्य अनुसार कारखानाको काम अगाडि बढाइएको छ । कारखानाबाट ८५ इन्चसम्मका टेलिभिजन उत्पादन हुनेछन् ।