प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु

न्युजलय १६ जेठ २०७९, सोमबार ०५:१० मा प्रकाशित

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकको दशौं अधिवेशन (बजेट अधिवेशन) सोमबार (आज) देखि सुरु हुँदैछ । 

प्रदेशसभा सचिवालयका अनुसार आज ११ बजेका लागि अधिवेशन आह्वान भएको छ । प्रदेशसभाको आजको बैठकमा बजेट अधिवेशनसम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाएपछि संसदीय दलका नेताहरुले आफ्ना कुरा राख्नेछन् । 

आजै बस्ने प्रदेशसभाको दोस्रो सेसनमा बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रदेश १ सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ । प्रदेशले सबै मन्त्रालयलाई आफ्ना प्राथमिकता, सिद्धान्त तथा कार्यक्रमको मार्गनिर्देशन पनि गरिसकेको छ ।

चालू आर्थिक वर्षमा ३२ अर्ब ४६ करोडको बजेट थियो । आगामी आर्थिक वर्षमा बजेटको आकार बढ्ने प्रदेश १ अर्थमन्त्रालयले जनाएको छ ।