काठमाडौं । साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफ २’ले एकपछि अर्को रेकर्ड तोड्दैछ । मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै १०० करोडको बजेटमा बनेको ‘केजीएफ २’ ले ६ दिनमा अहिलेसम्म ६७६.८० करोड रुपैयाँको ग्रस वर्ल्ड वाइड बक्स अफिस कलेक्सन गरेको बताएका छन् ।
योसँगै ‘केजीएफ २’ प्रभासको ‘बाहुबली १’ को ६ दिनमा लाइफटाइम ग्रोस (रु.६५० करोड) व्यापारलाई पछि पार्दै अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने आठौँ भारतीय फिल्म बनेको छ।
मनोबाला विजयबलनले भनेका छन् ‘केजीएफ–२’ ले छैटौं दिन अर्थात मंगलबार ५१.६८ करोडको ग्रस वर्ल्ड वाइड व्यापार गरेको छ । यसअघि फिल्मले विश्वभर ७३.२९ करोड, चौथो दिन (आइतबार) १३२.१३ करोड, तेस्रो दिन (शनिबार) ११५.०८ करोड, दोस्रो दिन (शुक्रबार) १३९.२५ करोड र पहिलो दिन (बिहीबार) १६५.३७ करोडको व्यापार गरेको थियो ।