चिसो बढेपछि रौतहटका विद्यालय एक साताको लागि बन्द

न्युजलय २१ पुस २०७८, बुधबार ०३:२१ मा प्रकाशित

काठमाडौं । अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय जान समस्या भएपछि रौतहटका सामुदायिक विद्यालय बन्द हुन थालेका छन्। 

 

विगत एक सातादेखि भइरहेको शीतलहरका कारण विद्यालय आउने विद्यार्थीको संख्यामा कमी हुन थालेपछि स्थानीय तहहरूले सूचना निकालेर धमाधम विद्यालय बन्द गर्न थालेका हुन्।


अहिलेसम्म रौतहटका ६ वटा नगरपालिकाले जाडो बिदा दिइसकेका छन्। कटहरिया, बौधीमाई, ईशनाथ, बृन्दावन, देवाही गोनाही र परोहा  नगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। 


सोमबार वृन्दावन र कटहरिया नगरपालिकाले नगर क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

 

अबको एकसाता विद्यालय बन्द गर्ने निर्णय भएको वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिए।


यसअघि नै ईशनाथ र बौधीमाई नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका थिए। कटहरिया नगरपालिकाले पनि पुस २५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले जानकारी दिए। 


चिसो बढेपछि पर्सा जिल्लाका पनि केही विद्यालय एक साताको लागि बन्द गरिएका छन्। त