झापा । झापाको जुत्ता उद्योगमा आगलागी भएको छ।
मेचीनगर नगरपालिका–६ स्थित उद्योगमा बिहीबार(आज) बिहान आगलागी सुरू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्याम खेताङले संचालन गरेको एसएस फुटवेर जुत्ता उद्योगमा आगलागी भएको हो।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, बिर्तामोड र भद्रपुर नगरको दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ।