कर्मचारीमा कोरोना देखिएपछि धरानको ६ नम्बर वडा कार्यालय बन्द

न्युजलय १४ माघ २०७८, शुक्रबार १२:४३ मा प्रकाशित

धरान । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धरान उपमहानगर ६ नम्बर वडा कार्यालय बन्द भएको छ ।  


वडा कार्यालयबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु आज (बिहीबार) देखि बन्द भएको हो । आजदेखि माघ १७ गतेसम्म सेवा प्रवाह बन्द गरिएको वडाध्यक्ष भुवन सिंह बस्नेतले सुचना जारी गर्दै जानकारी दिएका छन् ।


कार्यालयका ४ जना कर्मचारीहरुलाई कोरोना संक्रमण सम्बन्धि लक्षणहरु देखा परेर होम क्वारेन्टिनमा बसेको अध्यक्ष बस्नेतले जारी गरेको सुचनामा उल्लेख छ ।