विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश १ को इन्चार्जमा राम कार्कीलाई तोकेको छ । यस्तै मोरङबाट २ जना नयाँ अनुहारसहित प्रदेश १ बाट ९ जना केन्द्रीय सदस्य समेत थप गरेको छ । माओवादीको केन्द्रीय समितिको बैठकले उनीहरुलाई मनोनित गरेको हो ।
मोरङबाट थपिने केन्द्रीय सदस्यहरुमा कुलप्रसाद साम्बा (कुशल) र जीवन आचार्य रहेका छन् । साम्बा मोरङ क्षेत्र नम्बर १ (१)बाट निर्वाचित प्रदेश सांसद हुन् भने आचार्य मोरङको बुढीगंगाका युवा नेता हुन् ।
केन्द्रीय सदस्यमा थप हुने अन्यमा दलित महिलाबाट अनिता परियार (सुनसरी), दलित महिला युवा सपना परियार (सुनसरी), खस आर्य महिलाबाट भेष कुमारी रावत (उदयपुर), करुणा बस्नेत (सोलुखुम्बु), जनजाती पुरूषमा कुशल लिम्बू (मोरङ), रज्जित तामाङ (झापा), जनजाती महिलामा दुर्गा राई, खस आर्य युवामा जीवन आचार्य (मोरङ), खेलप्रसाद बुढाथोकी (ताप्लेजुङ) रहेका छन् । यस्तै केन्द्रीय प्रतिनिधिहरुमा बाबुराम गौतम (ओखलढुंगा), खस आर्य पुरुष युवामा सुरेन्द्र बस्नेत (झापा) तथा प्रस्तावित केन्द्रीय प्रतिनिधिमा झलकसिंह दर्माली (झापा) रहेका छन् ।