रेडपाण्डाको छालासहित दुई जना पक्राउ

न्युजलय १० बैशाख २०७९, शनिवार ०१:१८ मा प्रकाशित

काठमाडौँ । काठमाडौँको एक होटलबाट रेडपाण्डाको छाला जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ परेका छन् ।


काठमाडौँ महानगरपालिका १ महेन्द्रशालिकस्थित होटल मिर्चीबाट उनीहरूलाई १ थान छालासहित बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका ४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका २ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।


रेडपाण्डाको छाला बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।


यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।