काठमाण्डौ । सुनको भाउ लगातार बढेको छ । सोमबार (आज) तोलामा दुई सय रुपैयाँले बढेर १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।
हिजो सुनको भाउ तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा पुगेको छ।