गगन थापाः ‘मंसिर ४ को निर्वाचनमा म भावी प्रधानमन्त्रीकै रुपमा प्रस्तुत हुन्छु’

न्युजलय २५ साउन २०७९, बुधबार ०५:३९ मा प्रकाशित

काठमाडौं। गगनकुमार थापाले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा नै प्रस्तुत हुने बताएका छन् । 

उनले निर्वाचनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने भनेर कांग्रेस र माओवादीबीच कुनै सहमति नभएको पनि स्पष्ट पारेका छन् ।

प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।